काठमाण्डु – सामाजिक सञ्जाल टिकटकमा प्रतिष्ठित व्यक्तिहरूको चरित्र हत्या गरेको आरोपमा प्रहरीले १ युवतीलाई पक्राउ गरेको छ ।
साम्प्रदायिक भावनामा खलल पुर्याएको आरोपमा प्रहरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ३१ वर्षीया रमा बस्नेतलाई पक्राउ गरेको हो ।
उनलाई आईतबार पक्राउ गरेर अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दीपक राज अवस्थीले जानकारी दिए ।
उनीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान गरिरहेको छ । उनले सामाजिक सञ्जालमा संवेदनशील विषयवस्तुहरू राखेर जातीय द्वन्द्व निम्त्याउने, चरित्र हत्या हुने खालका सामग्री पोस्ट गर्ने र संस्थागत छविमा आँच पुर्याउने काम गरेको आरोप छ ।

प्रतिक्रिया