नायिका साम्राज्ञीको ‘तिमीसँग’ ट्रेलर सार्वजनिक


काठमाडाैँ – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको ‘तिमीसँग’ ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा नाजिर हुसेन र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेका छन् । यही चैत २३ गते हलमा लाग्ने चलचित्रलाई नमन प्रोडक्सनले ल्याएको हो ।

चलचित्रको छायाँकनमा प्रमोद कार्की, सम्पादनमा विक्रम शाह र मिलन श्रेष्ठको रहेको छ भने संगीत राहुल मुखर्जी, दिपक पाठक र रिदम कँडेलको रहेको छ । चलचित्रको निर्देशक शिशिर राणाले गरेका छन् भने फिल्मको पटकथा शिशिरसँगै साकार ओझा, समुन्द्र र सुशील क्षेत्रीको समूहले तयार पारेको हो ।

ट्रेलर

प्रतिक्रिया दिनुहोस
Advertisement