तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत चैत १५ गते काठमाण्डुको तीनकुनेमा भएको घटना सम्बन्धमा दुर्गा प्रसाईं लगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ, जसमध्ये ११ जनालाई आपराधिक उपद्रवमा मात्रै छुट्टै मुद्दा दायर गरिएको छ ।

प्रहरीले राजावादी आन्दोलनका जनकमान्डर प्रसाईंलाई कर्तव्य ज्यान, संगठित अपराध, राज्य विरुद्धको कसूर र आपराधिक उपद्रवसहितका मुद्दा दर्ता भएको काठमाण्डु जिल्ला अदालतले जनाएको छ ।

ज्यान मार्ने उद्योग, राज्य विरुद्धको कसूर, संगठित अपराध, आपराधिक उपद्रवसहित ५ वटा मुद्दामा ५० जनालाई प्रतिवादी बनाइएको छ ।

प्रदर्शन हिंसात्मक बन्दा २ जनाको ज्यान गएको थियो । जसमा पत्रकार सुरेश रजकको आन्दोलनकारीले घरमा आगो लगाउँदा र कीर्तिपुरका सविन महर्जनको प्रहरीको गोली लागि ज्यान गएको थियो ।