समृद्धिको यात्रामा विपद् बन्यो ‘कसिंगर’ ! सर्वप्रथम पूर्णसूचना प्रणाली मजबुत बनाउने कि ?

समृद्धिको यात्रामा विपद् बन्यो ‘कसिंगर’ ! सर्वप्रथम पूर्णसूचना प्रणाली मजबुत बनाउने कि ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –  आपत्–विपद् कुनै सूचना दिएर आउँदैनन् । तर विज्ञान र सूचना प्रविधिको वर्तमान युगमा प्राकृतिक विपद्बारे पूर्वजानकारी पाउन सकिन्छ ।

विज्ञानले पूर्वसूचना प्रणालीलाई मजबुत बनाउन अनेक अविष्कार गरेको छ । प्राकृतिक विपद् अन्तर्गत विभिन्न खाले अवस्था पर्छन् । प्राकृतिक आँधीहुरी, वर्षा, बाढीपहिरो, चट्याङ लगायत विपद्भित्र पर्छन् ।

यसै महिना बारा–पर्सामा आएको आँधीहुरी अर्थात् ‘टोर्नेडो’ले ठूलो जनधनको क्षति गरेको छ । नेपालमा पहिलो पटक ‘टोर्नेडो’ कसरी आयो भन्नदेखि यसको नेपाली नाम के राख्ने भन्नेसम्म अध्ययन भइरहेको छ । तर, नेपालमा उपलब्ध स्रोतसाधनले यसबारे पूर्वसूचना दिन सकेन । मौसम पूर्वानुमान महाशाखाले हावाहुरी आउने त अनुमान थियो तर यत्रो आउँदा भनेर सोचेका थिएनौ भन्ने गैरजिम्मेवार प्रतिक्रिया दियो ।

सरकारी सक्रियताको खाँचो

झण्डै दुईतिहाइ जनमत प्राप्त प्रधानमन्त्री केपी शर्मा ओली सरकारले हाल देशलाई समृद्धिको यात्रामा अगाडि बढाइरहेको छ । तर समृद्धि यात्रामा एकाएक आउने विपद् कसिंगर ‘साबित’ हुन्छन् । यस्ता कसिंगरले समृद्धिको यात्रालाई अप्रिय बनाइदिन्छन् ।

समृद्धिको सूचक मापन गर्दा पूर्वसूचना प्रणालीको बन्दोबस्त पनि महत्त्वपूर्ण मानिन्छ । सूचना प्रविधिको विकास पनि समृद्धिकै एक अंग हो । तसर्थ समृद्धिको यात्रामा हिँडिरहेको सरकारको ध्यान पूर्वसूचना प्रणालीलाई मजबुत बनाउनतिर पनि जानुपर्छ । पूर्वसूचना प्रणाली व्यवस्थित भए विपद्बाट हुने क्षति कम गर्न सहयोग पुग्छ ।

नेपालमा बदली र वर्षाका विषयमा पूर्वानुमान गर्न सकिने अवस्था छ । तर हावाहुरीसँग सम्बन्धित विपद्बारे अनुमान गर्ने कुनै प्रविधि छैन । तसर्थ सरकारले तत्कालै आवश्यक प्रविधि भित्र्याउन सक्रिय हुनुपर्छ । सँगसँगै अन्य विपद्बारे सूचना प्रविधिलाई मजबुत बनाउनुपर्छ । विपद् पूर्वसूचना प्रणाली विनाको समृद्धि जुनसुकै बेला अप्रिय बन्न सक्छ ।

के हो बारा–पर्सामा आएको ‘टोर्नेडो’ ?

गत साता बारा र पर्सामा गएको मौसम प्रणाली सामान्य हावाहुरी नभई ‘टोर्नेडो’ भएको निष्कर्षमा मौसमविद् पुगेका छन् । वैज्ञानिक तथा स्थलगत अध्ययन अनुसन्धानका लागि जल तथा मौसम विज्ञान विभागको नेतृत्वमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (ईसिमोड) र द स्मल अर्थ नेपालको अध्ययन टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

विभागका महानिर्देशक सरजु वैद्यले टोलीमा विभागका तीन, ईसिमोडका दुई र द स्मल अर्थ नेपालका एक गरी छ मौसमविद् सम्मिलित छन् । अध्ययन विवरण विश्लेषण गरेर प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने विभागको तयारी छ ।

घटनास्थल अध्ययनमै रहेको टोलीले सेन्टीनेल भूउपग्रहबाट प्राप्त तस्वीरको अध्ययनबाट बारा र पर्सामा आएको हावाहुरी ‘टोर्नेडो’ भएको निष्कर्षमा पुगेको जनाइएको छ । भूउपग्रहबाट प्राप्त तस्विर सँगसँगै सञ्चारमाध्यम र सामाजिक सञ्जालका तस्विर एवं भिडियोको पनि अध्ययन गरिएको अनुसन्धान संयोजक पियूष दाहालले बताए ।

टोर्नेडो आकस्मिक रुपमा जमिनमा विकसित हुने सोली आकार परेको शक्तिशाली भुमरी रहेको मौसमविद्ले जनाएका छन् । टोर्नेडोलाई अंग्रेजीमा ‘ट्वीस्टर’ पनि भनिन्छ । बारा र पर्सामा आएको हावाहुरीको गति सय–डेढ सय किलोमिटर प्रतिघण्टा रहेको हुनसक्ने अनुमान गरिएको छ ।

तातो र ओसिलो हावा एवम् सुक्खा चिसो हावाको सम्मिश्रणबाट यस्तो शक्तिशाली हावाहुरी बन्ने विभागका महानिर्देशक वैद्यले बताए । ‘टोर्नेडो मौसमसँग सम्बन्धित सबैभन्दा विनाशकारी घटना हुनसक्छ,’ वैद्यले भने ।

नेपालमा यसअघि ‘टोर्नेडो’ उत्पन्न भएकोको घटना अभिलेखमा नरहेको जनाइएको छ । तर भविष्यमा पनि आउँदैन भनेर भन्न नसकिने भएका कारण पूर्वसूचना प्रणालीलाई मजबुत बनाउनु अत्यावश्यक देखिन्छ । यसतर्फ सरकारले गम्भीरताका साथ सक्रियता देखाउनुपर्छ । 

यो पनि पढ्नुहोस्…


टोर्नाडो बारा र पर्सामा आयो, नेपाली नाम जुराउँदै विज्ञ


बारा-पर्साका आधींहुरी प्रभावितलाई प्रदेश ३ सरकारद्वारा एक करोड सहयोग


बारा-पर्सामा आंधी हुरीको वितण्डा :ज्यान गुमाउनेमध्ये २५ जनाको सनाखत


बारा र पर्सामा हावाहुरीबाट भएको घटनाप्रति अध्यक्ष प्रचण्डद्धारा दुःख व्यक्त


कसरी आयो बारा र पर्सामा भीषण हावाहुरी ?


बारामा हावाहुरीको वितण्डा: २२ जनाको मृत्यु, २०० बढी घाइते