३ लाख सार्वजनिक सवारीमा नेपाल भ्रमण बर्षको ‘लोगो’


काठमाडौं – आसन्‍न नेपाल भ्रमण वर्ष २०२० को प्रचारका लागि देशभरका सार्वजनिक सवारीसाधननमा प्रचार सामाग्री टाँसिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले उक्त कुराको जानकारी दिएका हुन् ।

‘आजदेखि नेपालमा सञ्चालित करिब तीन लाख सार्वजनिक सवारी सधानहरु नेपाल भ्रमण बर्ष २०२० को प्रचार सामाग्रीद्वारा सजिने छन्’, उनले भने, ‘स्टिकर र लोगो यातायात ब्यवसायीहरुलाई वितरण गरेर यो अभियानको शुभारम्भ गरिएको छ ।’

पर्यटन मन्त्रालयका अनुसार उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकलाई भ्रमण वर्षबारेमा तालिमको ब्यवस्था गरिने भएको छ । त्यसैगरि सार्वजनिक यातायातका यात्रु तथा चालक तथा सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सयजना स्वयमसेवक परिचालन गरिने मन्त्री भट्टराईले बताए ।

भ्रमण वर्ष सफल बनाउन यी कामको समन्वय पर्यटन मन्त्रालय, भ्रमण वर्ष सचिवालय, पर्यटन बोर्ड, स्थानीय तह, यातायात ब्यवसायी राष्ट्रिय महासंघ, ट्रेड युनियन र ट्राफिक प्रहरीसहितले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement