त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निशुल्क वाइफाई


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा यात्रुलाई सहज हुने उदेश्यले सोमबारबाट निशुल्क वाइफाई सञ्चालन गरेको छ । विमानस्थलको डोमेस्टिक टर्मिनल क्षेत्रमा यात्रुको सुविधाका लागि निशुल्क वाइफाई सुरु गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रविन्द्र अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा अर्को साताबाट निशुल्क वाइफाई सञ्चालन हुने जानकारी दिइएको छ । सूचना र प्रविधीमा नागरिकको पहुँच पुर्याउने उदेश्यले वाइफाई सञ्चालन गरीएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement