कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

कीर्तिपुरमा मात्र त्रिविको नौ सय रोपनी जग्गामा २० संस्थाको रजाइँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं – संसारभरि विश्वविद्यालय परिसरभित्र हतियारधारी सुरक्षाकर्मीको प्रवेशसमेत निषेध हुन्छ, तर नेपालको मुख्य विश्वविद्यालयभित्रै सरकारले दुई–दुई प्रहरीचौकी खोलेको छ। त्रिवि परिसरमा बालबालिकाबाट चर्को शुल्क उठाउने स्कुल मात्र होइन, पेट्रोल पम्प पनि सञ्चालनमा छन्, तर विश्वविद्यालयकै कतिपय विभाग जग्गा नपाएर बाहिरै सञ्चालित छन् ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको बल्खुदेखि कीर्तिपुरसम्मको जग्गामा निजीदेखि धार्मिक संस्थासम्मले रजाइँ गरेका छन् । त्रिविको जग्गामा रजाइँ गर्ने यस्ता संस्था २० वटा छन् । कतिपय संस्थाको रेकर्ड त्रिविको सम्पत्ति विवरण राख्ने शाखामा समेत छैन । कुनैले केन्द्रीय सरकारको सिफारिस लिएर त कुनैले आफैँ हडपेर बसेका हुन् ।

त्रिविको जग्गा ओगट्नेमा कतिपय नाफामूलक संस्था पनि छन् । त्रिविका पदाधिकारीबाटै उनीहरूलाई संरक्षण मिलेको छ । केहीलाई हटाउने प्रयास भए पनि राजनीतिक संरक्षणमा जोगिएका छन् । कीर्तिपुर परिसरमा त्रिविसँग तीन हजार ६ सय १३ रोपनी जग्गाको लालपुर्जा छ । तर, एकतिहाइ जग्गा व्यक्ति र संस्थाले उपभोग गरिरहेका छन् । जब कि, त्रिविका केन्द्रीय विभागहरूले समेत आवश्यकताअनुसार जग्गा पाउन सकेका छैनन् । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।