ट्वीटरले ल्यायो नयाँ फिचर, यस्ता छन् सुविधा


काठमाडौं – सामाजिक सञ्जाल ट्वीटरले नयाँ फिचर ल्याएको छ ।

रिट्वीट गर्दा फोटो र भिडियोलाई समेत राख्न सकिने सुविधा ट्वीटरले ल्याएको हो । पहिले रिट्वीट गर्दा टेक्स्टमात्र राख्न सकिन्थ्यो । अब भने रिट्वीट गर्दा फोटो, जीआईफ र भिडियो पनि राख्न सकिन्छ ।

ट्वीटरले अब मूल ट्वीटको आकार अपेक्षाकृत सानो बनाइदिएको छ र रिट्वीट गर्ने प्रयोगकर्ताको मिडियालाई पूरा आकार प्रदान गरेको छ । हाल यो सुविधा मोबाइल वेबसाइटका लागि मात्र उपलब्ध गराइएको छ ।

एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताले यो सुविधा प्रयोग गर्न सक्छन् । कम्प्युटर डेक्सटपमा भने यो सुविधा हाल उपलब्ध छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement