एमाले-माअाेवादी एकता : हाेला त अाज फाइनल ‘डिसिजन’


काठमाडाैँ- दुई पार्टीबीचको एकताको विषयमा छलफल गर्न एमाले र माओवादी केन्द्रको छुट्टाछुट्टै बैठक बुधबार बस्दै छ ।  पार्टी एकता लम्बिँदै जाँदा हुन लागेको दुई दलको बैठकलाई महत्वका साथ हेरिएको छ  ।

 नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सचिवालय समिति बैठक पनि आज बस्दैछ। एमालेसँग पार्टी एकताबारे अन्तिम वार्ता गर्नुअघि आफ्नो ठोस धारणा बनाउन र सरकारका गतिविधिका बारेमा छलफल गर्न माओवादीले केन्द्रीय सचिवालय समिति बैठक बोलाएपछि एमालेले पनि बैठक डाकेको हाे।

माओवादीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेबाट सुरु भएकाे छ भने एमालेले साँझलाई बैठक बोलाएको छ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली झापाबाट फर्किएपछि एमाले स्थायी समिति वैठक बस्ने छ । बैठकको समय भने टुंगो लागेको छैन ।। माओवादीले बराबरी हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने अडान राख्दै आएको छ । तर, एमालेले भने माओवादीको मागमा सहमती जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement