एमसीसी पर्खेर बस्ने अवस्था छैन, छिटोभन्दा छिटो टुंग्याउँः मन्त्री रायमाझी


काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले एमसीसी लागु गर्ने अथवा खारेज के गर्ने भन्ने विषय छिटोभन्दा छिटो टुंग्याउनुपर्ने उबताएका छन् ।

बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रायमाझिले ऊर्जा क्षेत्रको विकासको निम्ति नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पर्खेर बस्ने अवीथा नभएको भन्दै छिटोभन्दा छिटो टुंग्याउनुपर्ने बताएका हुन् ।

‘एमसीसीले सडक र ऊर्जामा लगानी गर्ने भनेको छ । यो नेपालको हितमा छ, तर एमसीसीमा विवाद उत्पन्न  भएको अवस्था छ । यस्तो अवस्थामा ऊर्जा क्षेत्रको कामको लागि हामीले एमसीसी पर्खेर बस्न हुँदैन,’ उनले भने ।

उनले विद्युत् खपत र निर्यात गर्नुपर्ने अहिलेको जल्दोबल्दो आवश्यकता रहेको एमसीसीलाई नपर्खी ट्रान्समिसन लाइनहरु देशकै लगानी अथवा अरु नै कुनै लगानीबाट तुरुन्तै बनाउनुपर्नेमा जोड दिए ।

साथै मन्त्री रायमाझीले बेला–बेलामा विद्युत् जाने समस्या विद्युतभार बढी भएको र कमजोर संरचनाका कारण बेला बेला विद्युत जाने समस्या भएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
Advertisement