अमेरिकी सीआईए प्रमुख र किमजोङबीचको ‘गोप्य वार्ता’ मा के भयो?


काठमाडौं– अमेरिका र उत्तर कोरियाबीच गोप्य वार्ता भएको खुलासा भएको छ।

अमेरिकी गुप्तचर निकाय सीआईएका निर्देशक माइक पोम्पियो सुटुक्क उत्तर कोरियाको भ्रमणमा गएर त्यहाँका सर्वोच्च नेता किम जोङ उनलाई भेटेको खुलासा भएके हो।

सीआईएका निर्देशक पोम्पियो इस्टर पर्वका बेला मार्च ३१ तथा अप्रिल १ मा उत्तर कोरियाको गोप्य भ्रमणमा गएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

वाशिंगटन पोस्टका अनुसार माइक पोम्पियोको उत्तर कोरिया भ्रमण रेक्स टिलरसनको राजीनामा तथा सीआईए प्रमुखबाट विदेश मन्त्री बनेलगत्तै भएको थियो । अखबारका अनुसार तत्कालीन अमेरिकी विदेश मन्त्री मेडलिन अल्ब्राइटले सन् २००० मा किम जोङ इललाई भेट्न उत्तर कोरियाको भ्रमण गरेका थिए। यसपछि दुई देशबीचमा उच्च स्तरको सम्पर्क भएको छैन।

वाशिंगटन पोस्टले सीआईए, ह्वाइट हाउस तथा संयुक्त राष्ट्र संघमा रहेका उत्तर कोरियाका प्रतिनिधिसँग पोम्पियोको भ्रमणको आधिकारिकता मागे पनि उनीहरुले यसको पुष्टि गर्न मानेनन् । पछि रोयटर्सले आफ्नो गोप्य स्रोतमाफर्त यो सूचनाको पुष्टि गरेको थियो।

 उनले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन्।

ट्रम्पले सन् १९५० देखि ५३ सम्म चलेको कोरियाली युद्ध औपचारिक रूपमा समाप्त भएको घोषणा गर्ने शान्ति सन्धिबारेको दुई कोरियाबीचको छलफलका लागि आफूले शुभकामना पठाएको पनि बताएका छन्।

पोम्पियोको उत्तर कोरियाको भ्रमणको मुख्य उद्धेश्य अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा किम जोङ उनसँगको सीधा कुराकानीको वातावरण तयार पार्नु रहेको बताइएको छ।

यो भ्रमण सन् २००० यता अमेरिका र उत्तर कोरियाबीच भएको पहिलो उच्चस्तरको भ्रमण हो।

प्रतिक्रिया दिनुहोस
Advertisement