अमेरीकाको भिसाका लागी ट्रम्प प्रशासनले ल्यायो नयां निती


काठमाडौं– अमेरीकाको भिसा आवेदन गर्न अनिवार्य रुपमा सामाजिक संजालको विवरण बुझाउनुपर्ने भएको छ । ट्रम्प प्रशासनले अमेरिका प्रवेश गर्न चाहने सबैको सामाजिक संजालको इतिहास खोज्न चाहेको छ । स्टेट डिपार्टमेन्टले गरेको प्रस्तावअनुसार अव भिसा आवेदकले आफ्नो फेसबुक र ट्विटरको सम्पूर्ण विवरण आवेदनसँगै बुझाउनुपर्ने नयां नियम सार्वजनिक भएको छ ।

स्टेट डिपार्टमेन्टको प्रस्तावलाई ‘अफिस अफ म्यानेजमेन्ट एन्ड बजेट’ ले अनुमोदन गरेपछि यो नियम लागु हुनेछ । आवेदकले भिषा आवेदन गर्न सामाजिक संजालको विवरण बुझाउनुपर्ने मात्र होईन, विगत पाँच वर्षको सम्पूर्ण टेलिफोन नम्बर, इमेल ठेगाना र ट्राभल हिस्ट्री समेत बुझाउनुपर्ने प्रस्ताव गरिएपछि यसबाट बर्षेनी संसारभरका डेढ करोड मानिस प्रभावित हुनेछन् ।

यसले बेलायत,क्यानडा,फ्रान्स र जर्मनीका नागकिरलाई भने प्रभावित गर्ने छैन् । किनभने यी देशका नागरीकहरुलाई अमेरीकामा फ्रि ट्राभल स्टाटस रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement