अमेरिकी राजदूत पनि सक्रिय,बाम गठवन्धनबारे उद्योगमन्त्री थापासमक्ष राखिन् यस्तो चांसो


काठमाडौं – उद्योग मन्त्री सुनीलबहादुर थापा र  नेपालका लागि अमेरिकी राजदूत एलिना वि टेप्लिजबीच भेटवार्ता भएको छ । उद्योग मन्त्रालयमा बुधबार भएको भेटवार्तामा राजदूत टेप्लिजले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चासो राखेकी छन् ।

 

 

 

नेकपा एमाले र माओवादी केन्द्रबीच बाम गठवन्धन बनेपछि अमेरीकी राजदूत र भारतिय राजदूत सक्रिय भएका छन् ।

 

राजदूत टेप्लिजले मन्त्री थापासंगको भेटमा अमेरीकाले शान्त नेपाल देख्न चाहेको भन्दै आगामी मंसिरमा हुन गइरहेको प्रदेश र संघको निर्वाचनको तयारीबारे चासो राखेकी थिईन । उनले निर्वाचनका लागी अमेरिकाले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेकी थिईन ।

 

 

परराष्ट्रमन्त्रालयका अधिकारीसहित भएको १ घण्टा लामो छलफलमा नेपालको औद्योगिक विकास र विकास निर्माणको बारेमा समेत छलफल भएको थियो । अमेरीकी राजदूत टेप्लिजले नेपालको आर्थीक विकासमा अमेरीकाको सहयोग निरन्तर रहने जानकारी समेत मन्त्री थापालाई दिएकी थिईन ।

 

 

 मन्त्री थापाले नेपालमा लगानीको वातावरण वनेको भन्दै औद्योगिक विकासमा लगानी गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement