म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित


नेपित्व– म्यानमारको राष्ट्रपतिमा उ विन मिन्त निर्वाचित भएका छन् । उनी सत्तारुढ दलका उम्मेदवार हुन् । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलको निकटस्थ व्यक्ति हुन् ।

सन् १९४८ पछि उनी म्यानमारको १० औँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । संसदमा ६३६ जना सांसदले मतदान गरेकोमा उनले ४०३ मत प्राप्त गरेका थिए । म्यानमारको युनियन संसदले बुधबार उनलाई म्यानमारको राष्ट्रपतिमा निर्वाचित गरेको हो । उनले म्यानमारको सभामुख भएर काम गरिसकेका छन् ।

उनीसँगै निर्वाचनमा प्रस्तिपर्दामा रहेका अर्का दुई उम्मेदवारमध्ये एकजनाले २११ र अर्काले १८ मत मात्र प्राप्त गरे । म्यानमारका पूर्व राष्ट्रपति उ तिन कायले गत हप्ता राजीनामा दिएपछि त्यहाँका उप–राष्ट्रपतिले कार्यबाहक राष्ट्रपतिका रुपमा रहेर काम गरेका थिए । उनले आफ्नो स्वास्थ्यका कारण राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement