कांग्रेस बैठकमा युवा नेता गगन थपाले प्रस्तुत गरे लिखित दस्तावेज (पूर्णपाठसहित)


काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा युवा नेताहरुको समूहका तर्फबाट गगन थापाले लिखित प्रतिवेदन प्रस्तुत गरेका छन्।मंगलबारको बैठकमा केन्द्रीय सदस्य थापाको समूहमा रहेका चन्द्र भण्डारी, धनराज गुरुङ, प्रदीप पौडेल, रघु घिमिरे, वद्री पाण्डे सहितका नेताले प्रतिवेदन तयार गरेर पार्टी बैठकमा ५१ पन्ने दस्तावेज पेस गरेका हुन्।

नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ ।’  पार्टीको नेतृत्व एजेण्डाका आधारमा चयन हुने भएपनि उमेर केही होइन भन्न नसकिने भन्दै ‘छ भाइ’ले सबै किसिमका अतिवादसँगको असंख्य संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शितल छहारीले शिथिल र यथास्थितिवादी बनाएको बताएका छन् ।

पुराना मान्छेको स्वभाविक बहिर्गमन र नयाँको आगमन नहुँदा एजेण्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरी जस्तो भएको भन्दै दस्तावेजमा भनिएको छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रष्ट सैद्धान्तिक खाका त कोर्‍यौं तर, त्यसलाई चलाउने नेतृत्व सिथिल र यथास्थितिवादी छ भने संगठनमा गतिशिलता कसरी आउँछ ?’

प्रतिवेदनमा कांग्रेसको कमजोरीका कारण उसको मैदानमा कम्युनिष्टको खेल सहज भएको उल्लेख छ। ’खेल मैदान हाम्रो, नियम हाम्रो, खेल हाम्रो, के उनीहरुले अत्याधिक राम्रो खेलका हुन् त? होइन। त्यसोभए कसरी त? हामीले २०४८ देखि खेल मैदानको ठूलो हिंसा खालि छोडेर सानो हिस्सामा मात्रै सीमित भयौं’, प्रतिवेदनमा भनिएको छ।

२०४८ पछिको समयमा नेपाली कांग्रेस अस्तित्व संकटबाट ग्रस्त भएको बताइएको छ। पार्टीले अवलम्बन गर्दै आएको समझदारी र भागबण्डाको अवधारणा छाड्नुपर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। पार्टी महाधिवेशन पछाडि विधान विपरितका जति पनि संरचना बनेका छन्, सबैलाई तत्काल खारेज गर्न प्रस्ताव गरिएको छ।

हेर्नुहोस् दस्तावेजको पूर्ण पाठः

 

प्रतिक्रिया दिनुहोस
Advertisement