नेपालका लागि पूर्वचिनियाँ राजदूत हुलानको निधन


काठमाडौं– नेपालका लागि पूर्वचिनियाँ राजदूत योङ हुलानको निधन भएको छ।

लामो समयदेखि अस्वस्थ रहेका हुलानको चीनको राजधानी बेइजिङमा निधन भएको हो।

सन् २०११ देखि १३ सम्म नेपालका लागि चिनियाँ राजदूत रहेका उनी म्यानमारका लागि चिनियाँ राजदूत बनेका थिए। हुलान कुटनीतिमा निकै अनुभवी मानिन्थे।

प्रतिक्रिया दिनुहोस
Advertisement