योगेश भट्टराईले भने -मन्त्रीलाई रोष्टममा जान नदिए बसेकै ठाउँबाट विधेयक प्रस्तुत हुन्छ


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विद्येयक आगामी माघ ११ गते बस्ने संसद बैठकबाट पारित हुने स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद भट्टराईले ११ गते बस्ने बैठकमा विद्येयक निर्णयार्थ प्रस्तुत हुने जनाए ।उनले भने,‘माघ ११ गते बस्ने बैठकमा यो विद्येयक हामी ट्याक्कै पारित गर्छौं । पास हुन्छ । मन्त्रीलाई रोष्ट्रममा जान दिईएन भनेपनि मन्त्री बसेकै ठाउँबाट पनि पास हुन्छ । किनभने त्यसको नजिर चाहीँ कांग्रेसकै नेता रामचन्द्र पौडेलले बसाईसक्नुभएको छ।’

 उनले भने,‘नेपाली कांग्रेसका साथीहरुलाई म रामचन्द्र पौडेल सभामुख भएको बेलाको कुरा सम्झिन आग्रह गर्छु । उहाँले स्थानीय तहसम्बन्धी विद्येयक पास गर्दा तत्कालिन् नेकपा एमालेले संसद अवरोध गर्यो । मन्त्रीले रोष्ट्रममा गएर त्यो विद्येयक प्रस्तुत गर्न सक्नुभएन । तर, सभामुख पौडेलले तपाई जुन ठाउँमा बस्नुभएको छ, त्यही ठाउँबाट विद्येयक प्रस्तुत गर्नुस भनेर मन्त्रीलाई भन्नुभयो । सामान्यतयः मन्त्रीले रोष्ट्रममा गएर विद्येयक प्रस्तुत गर्ने चलन हुन्छ । र, पौडेलजीले त्यतिवेला मन्त्रीलाई बसेकै ठाउँबाट विद्येयक टेबुल गर्न लगाउनुभयो । र, पास गर्नुभयो । म नेपाली कांग्रेसका साथीहरुलाई त्यो कुरा पनि हेर्न भन्छु ।’

विद्येयक पारित भएपछि बरु कम्युनिष्ट पार्टीले ज्यादती गर्यो र संसदबाट अधिनायकवाद ल्याउन खोज्यो भनेर विद्येयक लिएर पढाउन जानपनि कांग्रेसलाई उनले सुझाव दिए । उनले थपे,‘यो विद्येयक प्रतिगामी छ, माफीयमुखी छ भनेर के–के पढाउनुपर्छ ? आफूले पढाउन सकिएन भने गोविन्द केसीलाई सँगसँगै कांग्रेसको मञ्चमा लगेर पढाए भयो । हाम्रो विरुद्धमा जनमत बनाए भैहाल्यो नि । त्यो हो नि त लोकतान्त्रिक विधि र प्रक्रिया भनेको । त्यसकारण देश र संसदलाई अवरुद्ध गर्ने कुरा यो विषयमा राम्रो हुँदैन् । किनकी यसमा त नेपाली कांग्रेस प्रक्रियामा भाग लिँदै आईसक्यो । आज अन्तिम अवस्थामा मात्रै उहाँहरु रोक्न खोज्दैहुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement