योजना आयोगको सदस्यमा शुशिल भट्ट नियुक्त भएपछि एमाले-माअोवादी केन्द्रभित्रै चुलियो विवाद


काठमाडाैं- राष्ट्रिय योजना आयोगको सदस्यमा शुशिल भट्ट नियुक्त भएपछि उनको नियुक्तिलाई लिएर व्यापक विरोध हुन थालेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्ष पुष्प कँडेलसहित अन्य ६ जनालाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । जसमा शुशिल भट्ट पनि नियुत्ति भएका थिए ।

कैलाली डडेलधुराका भट्ट पेशाले इन्जिनियर हुन् । तर उनी सप्लायर्स व्यवसायी पनि हुन् । शुशिल भट्ट धेरै परिचित अनुहार होइनन् । र उनले राष्ट्रिय गौरवका कुनै काम गरेका पनि छैनन् ।

पार्टीभित्र योग्ग उम्मेदवार हुँदाहुँदै पार्टी बाहिरका व्यक्ति र कुनै योगदान नभएका व्यक्तिलाई योजना आयोगका सदस्यमा नियुत्त गरेको भन्दै दुई पार्टीभित्रै असहमति भएको बताइएको छ ।

यसविरुद्ध एमाले नेता भीम रावल र माओवादी केन्द्रका नेता लेखराज भट्ट समेत रुष्ट भएको बताइएको छ ।

७ नम्बर प्रदेशबाट योजना आयोगमा प्रतिनिधित्व गराउँदा ७ नम्बर प्रदेशका पार्टी इन्चार्जहरुसँग समेत कुनै छलफल नभएको भन्दै त्यहाँका नेताहरुले पनि आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमा पनि उनको विरोध गर्नेहरु बढ्दै गएका छन् ।

सुशीलका भाइ ठेकेदार हुन् ।  उनको नेताहरुसँग राम्रो पहुँच भएको कारण पैशा र पावरको भरमा आयोगको सदस्यमा नियुक्त गरिएको अड्काल काट्न थालिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबिच शुशिलको भाइको राम्रो सम्बन्ध भएकै कारण उनी सदस्यमा निर्वाचित भएको र  यसमा एमाले र माओवादी केन्द्रका नेताहरुले नै असहमति जनाएको निकट स्रोतले बताएको छ ।

राष्ट्रिय योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश, २०६७ अनुसार यस्ता योग्यता भएको व्यक्ति आयोगको उपाध्यक्ष वा सदस्यमा नियुक्त हुन सक्छन् ।
क) नेपाली नागरिक,
ख) कुनै मान्यता प्राप्त विधामा स्नातकोत्तर उपाधि हासिल गरी योजना तथा
ऋनुसन्धानका क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरी विशिष्टता हासिल गरेको,
ग) नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा कसुरदार ठहर नभएको,
घ) नियतवस बैकको ऋण नतिरी प्रचलित कानुन बमोजिम कालो सूचीमा नपरेको,

प्रतिक्रिया दिनुहोस
Advertisement