योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । बिहिबार सिंहदरबारमा एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. कँडेललाई पद तथा गोपनियताको सपथ खुवाए ।

उपाध्यक्ष डा. कँडेल राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरु डा.केपी ओली, डिलबहादुर गुरुङ, इन्जिनियर शुशिल भट्ट, मीनबहादुर शाही र रामकुमार फुयाँललाई  पद तथा गोपनियताको सपथ खुवाए ।

सपथ ग्रहणपछि नवनियुक्त उपाध्यक्ष कँडेलले सरकारको निर्देशन अनुसार इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । गत मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पदाधिकारी नियुक्ती गरेको थियो ।

सपथ ग्रहण समारोहमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा, मुख्य सचिवसहित नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement