पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत

काठमाण्डु– प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षता आज भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सभाको १५औँ बैठकले चालु आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले प्रतिष्ठानको नवौँ सभाको बैठकबाट स्वीकृत बहुवर्षीय गुरुयोजनालाई कार्यान्वयनका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष पेस गर्न अनुमति दिएको छ। बैठकले कार्यकारी परिषद्को…