एजेन्सी– इजरायलले गाजाबाट फर्काइएका ४ बन्धकको शवमध्ये हमासले बताएअनुसार शिरी बिबासको अवशेष प्राप्त नभएकोे बताएको छ । इजरायली सेनाले शुक्रबार शिरीका २ छोरा एरियल र कफिरको अवशेष पहिचान भएको तर शिरीको शब प्राप्त नभएको बताएको हो । लडाकू समूहले बन्धक–कैदी आदानप्रदान अन्तर्गत एक हिस्साका रूपमा बिहीबार ४ बन्धकको अवशेषलाई रेडक्रसमार्फत् इजरायली सेनालाई सुम्पिएको थियो ।…