काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको एक पार्टी प्यालेसबाट महिलाहरूलाई निकाल्ने काममा युवा संघको संलग्नता नभएको दाबी गरेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, “अहिले स्वार्थी तत्वहरु सडकमा आएका छन् । हामीलाई बदनाम गराउन लागिपरेका छन् । भिडियो जुन सार्वजनिक भएको छ । त्यसमा युवा संघको कुनै संलग्नता छैन…