काठमाण्डु – निर्वाचन आयोगले आगामी माघ ११ गते बिहीबार राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारलाई परामर्श दिएको छ । आयोगको निर्णयअनुसार बिहीबार आयोगका सम्पूर्ण पदाधिकारीले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष निर्वाचनको मिति तोक्ने सम्बन्धमा परामर्श उपलब्ध गराएको आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । भेटमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् बैठकबाट आयोगले परामर्श दिएको…