डोजर चलाउने ‘फेसन’ : बेलडाँडीका अध्यक्षको सनकले सयौं घरमा उठीबासको त्रास

काठमाण्डु – शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर र उपमहानगरपालिकामा डोजर चलाएर मेयरहरूले वाहवाही बटुलिरहेका बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गर्न थालेका छन् । जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने ग्रामीण क्षेत्रका बजारका सडकलाई २४ मिटर बनाउन पक्की संरचना नै भत्काउन तम्सिएपछि बेलडाँडीमा विरोध भएको…