काठमाण्डु– काठमाडौँको कालीमाटी तरकारी बजार नजिक एक व्यक्ति मृत भेटिएका छन् । तरकारी बजारमा काम गर्ने मकवानपुरका ४१ वर्षीय रामकृष्ण दाहाल बुधबार बिहान मृत भेटिएका हुन् । उनको टाउको र शरीरमा चोटपटक देखिएको छ। तरकारी बजारमा भारी बोक्ने काम गर्ने दाहालको हत्या आशंकामा प्रहरीले उनीसँगै बस्ने चार जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको…