प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनीमा उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाण्डु – श्री रिपुमर्दिनी सैनिक महाविद्यालयको २०औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित ३ दिने प्रधानसेनापति बृहत् विज्ञान प्रदर्शनी–२०८१ मंगलबार सम्पन्न भएको छ । समापन कार्यक्रममा प्रधानसेनापति महारथी अशोक राज सिग्देलले प्रदर्शनीको अवलोकन गर्नुका साथै विज्ञान प्रदर्शनीमा सहभागी विद्यालयका उत्कृष्ट प्रोजेक्टहरूलाई पुरस्कृत गरेका छन् । रिपुमर्दिनी सैनिक महाविद्यालयका संरक्षक सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती निता क्षेत्री सिग्देलले पनि…