उडिसा घटना : कीटका २ अधिकारी पदमुक्त, उपकुलपतिद्वारा नेपाली जनतासँग क्षमायाचना

काठमाण्डु – भारतको उडियास्थित केआईआईटी (कीट) विश्वविद्यालयको क्याम्पसमा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारमा संलग्न २ महिला अधिकारीलाई विश्वविद्यालयले पदमुक्त गरेको छ । चर्काचर्कीका क्रममा ती अधिकारीहरूले दिएको अभिव्यक्ति विवादमा परेपछि विश्वविद्यालयले दुवैलाई पदमुक्त गरेको छ भने दुवैले भिडियो सन्देशमार्फत क्षमायाचना गरेका छन् । कीड विश्वविद्यालयका उपकुलपति प्रा.डा. सरंजीत सिंहले नेपाली विद्यार्थी र नेपाली जनतासँग माफी…