काठमाण्डु– मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएर भारतले आफ्नो राजनीतिक गतिविधिसँग कुनै सम्बन्ध नरहेको बताएको छ । क्यान्सर उपचारको फलोअपका लागि भन्दै दिल्ली पुगेका प्रसाईंलाई लिएर भारतले उनको राजनीतिक गतिविधिसँग सम्बन्ध र चासो नरहेको स्पष्ट पारेको हो । प्रसाईंले आफ्नो भारत भ्रमणलाई भारतीय नेताहरूसँग भेटघाट गरी नेपालको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाका लागि नैतिक समर्थन जुटाउने…