अवैध लागूऔषधसहित ३ जना पक्राउ

काठमाण्डु – अवैध लागूऔषधसहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–१ बाट अवैध लागूऔषध गाँजा करीब ९ किलोग्रामसहित बेलका नगरपालिका–३ मोरङ्गे टोल बस्ने ३५ वर्षीय सुनिल श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट आम्बासीबाट खटिएको प्रहरी टोलीले रामपुर ठोक्सिलाबाट फत्तेपुरतर्फ जाँदै गरेको प्रदेश.१–०५–००१ प ९४७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई…