काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसामा नेपाली छात्राको मृत्यु भएको प्रकरणमा कूटनीतिक तवरले बुझ्ने प्रयास भइरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले घटनाबारे मिडिया र सामाजिक सञ्जालबाट थाहा पाएको जनाएका छन् । ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबरजस्ती निकालेको कुरा…