लेवनानमा प्रदर्शनकारीको आक्रमणबाट नेपाली सेनाका उपरथी ढकाल घाइते

काठमाण्डु-संयुक्त राष्ट्रसंघीय शान्ति मिसनको युनिफिलअन्तर्गत लेवनानमा तैनाथ नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल प्रदर्शनकारीको आक्रमणमा परी घाइते भएका छन् । युनिफिल मिसनका डेपुटी फोर्स कमान्डर ढकालमाथि शुक्रबार राति बेरुतमा नजिकै आक्रमण भएको थियो । उपरथी ढकाल सवार कन्भोयलाई उत्तेजित प्रदर्शनकारीको भीडले रोकेर तोडफोड गरेको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसक्रममा ढकाल घाइते भएका हुन्…