‘प्रधानमन्त्रीले फेरि संसद् विघटन गरेर मध्यावधिमा धकेल्ने दुस्साहस गर्नुहुनेछ, सचेत रहनुस्’

काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर मुलुकलाई मध्यावधि निर्वाचनमा धकेल्ने भएकाले सचेत रहन आग्रह गरेका छन् । पार्टीको भोजपुरको अरुण गाउँपालिकाको दोस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै पुनले प्रधानमन्त्री ओलीबाट लोकतान्त्रिक प्रणाली र लोकतन्त्रमाथि जहिले पनि खतरा रहेको ठोकुवा गरे । आफूले त्यतिबेला गरेको संसद्…