बालमन्दिर जग्गा अनियमितता : आयोगले थाल्यो अनुसन्धान, माग्यो अनुसन्धानको प्रतिलिपि

काठमाण्डु–राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठन (बालमन्दिर) को जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि ७ दिनभित्र उपलब्ध गराउन माग गरेको छ । उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ…