काठमाण्डु – जेनजीको आह्वानमा भएको जनआन्दोलन २०८२ समन्वय संघर्ष समितिले देशमा बढ्दो राजनीतिक अस्थिरता, भ्रष्टाचार र युवा पलायनबीच मंगलबार निर्णायक दस्तावेज ‘नेपालको वर्तमान संकटको निकास र भावी कार्यदिशा’ शीर्षकको प्रस्ताव सार्वजनिक गरेको छ । आन्दोलनले राष्ट्र नयाँ युगको प्रवेशद्वारमा रहेको भन्दै सर्वपक्षीय छलफल र ठोस सुधारका ५ आधारस्तम्भ प्रस्तुत गरेको छ । जेनजी राष्ट्रिय संयोजन…