काठमाण्डु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले कात्तिक २० गते स्वाधीनता र समाजवाद पक्षधरलाई काठमाण्डु बोलाएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत विप्लवले स्वाधिनता र समाजवादका पक्षमा उभिन आह्वान गर्दै बृहत् आमसभामा सहभागी हुन समाजवाद पक्षधरलाई बोलाएका हुन् । उनले नेपाललाई अरूले नभई आफैँले फेर्ने हो भन्दै उनले जब भ्रष्ट, कमिसनखोर, तस्करहरू समाप्त…