‘संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक शिक्षकका माग सम्बोधन हुन्छन्’

काठमाण्डु – नेपाली कांग्रेसका उपसभापति, कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले देशको संविधानसँग बाँझिने र अर्थतन्त्रले धान्न नसक्नेबाहेक शिक्षकका माग सम्बोधन गरिने बताएका छन् । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयकमा भएका प्रावधानप्रति असन्तुष्ट शिक्षकसँग भएका सम्झौता कार्यान्यवमा सरकार पूर्ण प्रतिबद्धता रहेको बताए । शिक्षकको आन्दोलन र सरकारसँग भएको सहमति तथा…