रामेछाप – सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ । पोखरा महानगरपालिका–३० गगनगौंडामा सोमबार साँझ भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । धनबहादुर हराएकी कमला हायुका श्रीमान् हुन्…