काठमाण्डु – सशस्त्र प्रहरीले सर्लाही जिल्लाको मलंगवा नगरपालिका–४ स्थित शिवसागर चोकबाट ३३ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको लत्ताकपडा र भ्यानसहित १ जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण सर्लाही र प्रस्तावित सीमा सुरक्षा गुल्म मलंगवाले बा८च ८०१६ नम्बरको म्याजिक भ्यानलाई शंका लागि जाँच गर्दा बिलबिजक र प्रज्ञापन पत्र नभएको…