काठमाण्डु- नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको विशेष समय बोल्दै उनले सुन तस्करी प्रकरणमा जोडिएका प्रधानमन्त्री निकटका व्यक्तिहरुलाई सामान्य सोधपुछसमेत नगरिएको बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सुशासनको गफ दिने गरेको उनको भनाइ छ । ‘अहिले सीआईबीलाई निकम्मा बनाउने काम भयो । सत्ता पक्षका…