काठमाण्डु- राष्ट्रपति रामचन्द्र पौडेलले माघ १८ गते शुक्रबारका लागि संघीय संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनका अधिवेशन बोलाएका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को माघ ७ गतेको सिफारिसअनुसार माघ १८ गते शुक्रबार दिउँसो १ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा दुवै…