काठमाण्डु – कोशी राजमार्गअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सोम्बुङडाँडामा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । शुक्रबार दिउँसो सुक्खा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पहिरो खसेपछि खाँदबारीबाट भोटखोलाको च्याम्ताङ जाने यातायातका साधन सञ्चालन हुन नसकेको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । करीब ३५ मिटर माथिबाट…