काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले शासकीय सुधारको मार्गचित्रसहित २२ पृष्ठ लामो ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गरेको छ । सरकार गठन भएलगत्तै जारी गरिएको शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ३ लाई कार्यान्वयन गर्दै सरकारले साझा प्रतिबद्धता ल्याएको हो । प्रतिबद्धतापत्रको मुख्य जग २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई मानिएको…