काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नयाँ सरकार बन्नसक्ने बताएका छन् । काठमाण्डु ४ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले अहिलेको गठबन्धन सरकारले चित्त बुझ्ने गरी काम नगरे नयाँ सकार बन्नसक्ने बताएका हुन् । ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो…