काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत गृह मन्त्रालयको छलफलमा उठेका प्रश्नको आइतवार प्रतिनिधिसभामा जवाफ दिँदै मन्त्री श्रेष्ठले शरणार्थी प्रकरणको अनुसन्धान चलिरहेको र माणका आधारमा थप कारवाही अगाडि बढ्ने बताएका हुन् । नक्कली शरणार्थी प्रकरणमा मन्त्रालयले ठोस पहलकदमी लिएका कारण केही पात्र जेलमा पुगिसकेको उनको भनाइ…