जारी हुने अवस्था नदेखिएपछि दल विभाजन अध्यादेश ल्याउने तयारीबाट पछि हट्यो सरकार

काठमाण्डु – प्रमुख २ दल नेपाली कांग्रेस र नेकपा एमाले सहितको गठबन्धन सरकार दल विभाजन सम्बन्धी कानूनलाई संशोधन गर्न अध्यादेश ल्याउने तयारीबाट पछि हटेको छ । मुख्यगरी प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दल विभाजन सम्बन्धी ऐनलाई अध्यादेशमार्फत संशोधन गर्नुपर्ने पक्षमा दिए । उनले अध्यादेशमार्फत ऐन परिवर्तन गरेर नेकपा एकीकृत समाजवादी, जनमत र जनता समाजवादी पार्टीका…