मधेशी दलहरूको कार्यदलको बैठक भोलि बस्ने

काठमाण्डु-मधेश आन्दोलनबाट प्राप्त अधिकार र मधेशी दलहरूको अस्तित्वमाथि नै संकट ल्याउन खोजिएको भन्दै मधेश केन्द्रित दलहरू मोर्चाबन्दी गर्न थालेका छन् । मोर्चा बनाउने प्रयास स्वरुप गठित कार्यदलको पहिलो बैठक मंगलवार विहान ११ बजे धुम्बाराहीको समर्पण एकेडेमीमा बस्ने भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनदेखि थ्रेसहोल्डको प्रतिशत बढाउने गृहकार्य अघि बढाए…