काठमाण्डु -सरकारले हालै गरेका निर्णयहरू सार्वजनिक भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गएको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् । निर्णयअनुसार सरकारले परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको…