ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज

काठमाण्डु- मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ। सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि यसअघि जारी भएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो। न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले बुधबार यस्तो…