प्रचण्डलाई थर्काउँदा माधव नेपालको पार्टीले पायो भागबण्डा

काठमाण्डु - नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई गठबन्धनभित्र सानो दल भनेर हेप्ने गरिएको गुनासो गर्छन् । केही दिनअघि सिन्धुलीमा आयोजित कार्यक्रममा उनले सरकार ढालिदिनेसम्मको चेतावनी प्रधानमन्त्री प्रचण्डलाई दिए । अध्यक्ष नेपालले सरकार र सत्तारुढ गठबन्धनभित्रको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आएका छन् । त्यसअघि कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले गठबन्धनप्रति असन्तुष्टि जनाएका थिए…