जय ट्रफी एलिट कप : आरिफको कप्तानीमा पुलिसको टोली घोषणा

काठमाण्डु- नेपाल पुलिस क्लबले आरिफ शेखको कप्तानीमा जय ट्रफी एलिट कप दुईदिवसीय क्रिकेट खेल्ने टोली घोषणा गरेको छ । नियमित कप्तान तथा अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपलब्ध नहुने भएपछि पुलिसले आरिफलाई कप्तान बनाएको हो । ऐरी आईएल टी–२० क्रिकेट खेल्न संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछन् । टोलीमा आरिफसँगै राष्ट्रिय टोलीका कुशल भुर्तेल, करण केसी, ललितनारायण राजवंशी,…